२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरु सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैँ नदीमा मिसाउँदा नदी प्रदुषित भएको बताउनु भयो । उहाँले नदी प्रदुषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सिर्सिया नदीको छेउमा उद्योग तथा कलकारखानाहरु छन् । तर प्रदुषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ, उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरु छन् । यि उद्योगहरुबाट निस्किने रसायनयुक्त पानी प्रशोधन नगरी सिधै नदीमा फाल्ने गर्दछन् ।’

‘यसरी खेलवाड गर्ने उद्योगलाई अहिलेसम्म कारबाही हुँदैन । मेरै जिल्लाको उद्योगमन्त्री बन्नुभएको छ, उहाँहरुलाई यो कुराको बढी अवगत छ । सरकारको आँखामा पट्टी बाँधिएको छ । सरकारलाई थाहा छ उद्योगीहरु बदमासी गरिरहेको छ । उद्योगीहरु नियम मिचिरहेको छ । नियमबाहिर प्रशोधन नगरीकन पानी नदीमा फालिरहेको छ । तर सरकार मुकदर्शक भएको छ । त्यहाँको सिडिओले भन्छ, हामीले आदेश पाएमा २४ घण्टामा नियन्त्रण गर्छौ । तर आदेश कर्ता को हो ? कहाँ गएको छ ?’

सांसद यादवले उद्योगीहरुले बदमाशि गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाउनु भयो ।