२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयन क्यालेन्डर बनाउन माओवादी सांसदको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गर्न वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने प्रस्ताव गर्नुभयो ।

“वार्षिक बजेट क्यालेन्डर बनाई प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोहीअनुरुप सम्बन्त्रिधत निकायको कार्यसम्पादन मूल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको प्रस्तुत गर्दै सांसद सापकोटाले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै २० प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै उहाँले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।