४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर

स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर
अ+ अ-

काठमाडौँ । स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन् । यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले व्यहार्ने गरी समझदारी भएको हो । उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको समझदारीमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनराज न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

केन्द्रमा महानगरले आठौँ तहको मेडिकल अफिसर, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्नेछ । उनीहरुले प्राप्त गर्ने तलब नेपाल सरकारको प्रचलित स्केलबमोजिमको हुनेछ ।

सहमति पत्रका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सहयोग गर्ने भएकोले सहकार्य गरिएको बताउनुभयो । त्यस क्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले, महानगरका सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण गर्न सहकार्य थालिएको बताउनुभयो ।

सहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरणसँगै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ ।
बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरु बैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइसक्ने बाँकी क्लिनिकहरुलाई चालु आर्थिक बर्षको अन्त्यसम्ममा सञ्चालन गरिसक्ने विभागको योजना छ ।