२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसन रोयले कोलकाताबाट आईपीएल खेल्ने



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले इंग्ल्याण्डका जेसन रोयलाई टोलीमा समावेश गरेको छ । केकेआरले आईपीएल २०२३ का लागि २.८ करोडमा जेसन रोयलाई अनुबन्ध गरेको हो ।

केकेआरका श्रेयस अय्यर प्रतियोगिताबाट बाहिरिएका छन् भने बंगलादेशका अलराउन्डर शकिब अल हसनले सिजनका लागि उपलब्ध नहुने पुष्टि गरेका छन् ।

शकिबका अनुसार उनले बंगलादेशका लागि आयरल्यान्डविरुद्धको टेस्ट खेल्न बाँकी छ । त्यसपछि व्यक्तिगत कारणले उनले यस वर्षको प्रतियोगितामा सहभागी नहुने बताए । अर्कोतर्फ केकेआर र बंगलादेश टोलीका खेलाडी लिटन दास पनि आयरल्याण्डविरुद्धको टेष्ट खेलपछि मात्र केकेआरको क्याम्पमा सामेल हुनेछन् ।

जेसन रोयले यसअघि २०१७ र २०१८ सिजनमा आईपीएल खेलेका थिए । अन्तिम पटक सन् २०२१ सिजनमा सनराइजर्स हैदरावादबाट उनले खेलेका थिए । उक्त सिजन उनले पाँच खेल खेलेर अर्धशतक सहित १५० रन बनाएका थिए । ३२ वर्षिय खेलाडीले इङ्ल्यान्डका लागि ६४ टी–२० खेलेका छन्, जसमा ८ अर्धशतक सहित १३७.६१ को स्ट्राइक रेटमा १५२२ रन बनाएका छन् ।