२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: गुजरातको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित



अ+ अ-

एजेन्सी । साविक विजेता गुजरातले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्समाथि लगातार दोस्रो जित दर्ता गरेको छ । १६ औं सिजनको सातौं खेलमा गुजरातले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।

यो सिजन गुजराजको लगातार दोस्रो जित हो । टोलीले लक्ष्य पछ्याएको ११ खेलमध्ये १० जितेको छ । दिल्लीले आफ्नो घरेलु मैदान अरुण जेटली मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातका ब्याट्सम्यानले १८.१ ओभरमा ४ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गरे ।

साविक विजेता गुजरातले टस जितेर आयोजकलाई ब्याटिङको निम्तो दिए पनि घरेलु मैदानमा दिल्लीले राम्रो सुरुवात गर्न सकेन । २९ रनको टिम स्कोरमा ओपनर पृथ्वी शा ७ रन बनाएर पेभिलियन फर्किए । उनलाई मोहम्मद शामीले आउट गरेका थिए । त्यसपछि शमीले मिचेल मार्सलाई दोहोरो अंक पार गर्न दिएनन् । अल्जारी जोसेफले कप्तान वार्नर (३७ रन) लाई बोल्ड गरेपछि दिल्ली समस्यामा पर्यो ।

यस्तो अवस्थामा सर्फराज खान (३० रन)ले विकेटकिपर अभिषेक पोरेल (२० रन)सँग दबाबपूर्ण इनिङ्स खेले । अन्तिम ओभरमा अक्षर पटेल (३६ रन)ले तीन छक्का प्रहार गर्दै टोलीको स्कोर १५० रनमा पुर्याए ।

गुजरातका लागि मोहम्मद सामी र राशिद खानले ३–३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।

जवाफमा गुजरातका ओपनरहरूले मात्र २२ रन जोडेका थिए जब सिजनको आफ्नो पहिलो खेल खेल्दै आएका एनरिक नोर्त्याले आफ्नो पहिलो बलमा ऋद्धिमान शाहालाई बोल्ड गरे । उनले आफ्नो स्पेलको दोस्रो ओभरको पहिलो बलमा शुभमन गिललाई बोल्ड गरेर गुजरातलाई समस्यामा पारे ।

कप्तान हार्दिक पाण्ड्याले पनि खासै रन जोड्न सकेनन् । पावर प्लेमा टोलीले ५४ रनमा तीन विकेट गुमाएको थियो । यस्तो अवस्थामा तेस्रो नम्बरमा रहेका साई सुदर्शनले विजय शंकर र डेभिड मिलरसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए । दिल्लीका एनरिच नोर्त्याले दुई, खालिद अहमद र मिचेल मार्सले एक–एक विकेट लिए ।