२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलगंगालाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी बजेटको व्यवस्था मिलाउन माग



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

बहराईन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित हुनु भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उहाँले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाउनु भएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो ।

सांसद साहले भन्नु भयो, ‘बहराईन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनु भएको डा. सन्दुक रुइत हार्दिक बधाई ज्ञापन गर्दछु । विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौं । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०/८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताउनु भयो ।