४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलः चेन्नईद्वारा लखनउ १२ रनले पराजित

आईपीएलः चेन्नईद्वारा लखनउ १२ रनले पराजित
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेन्नईले लखनउलाई घरेलु मैदान एमए चिन्दरबम स्टेडियममा १२ रनले पराजित गरेको हो ।

यो सिजनमा महेन्द्र सिंह धोनीको टोलीको पहिलो जित हो । उसले पछिल्लो खेलमा गुजरात टाइटन्ससँग हार बेहोरेको थियो । चेन्नईको टोली सन् २०१९ पछि यही मैदानमा खेल्न आएको थियो । आईपीएलमा चेन्नईको लखनउ सुपरजाइन्ट्स विरुद्धको यो पहिलो जित हो । यसअघि दुई टोलीबीच गत वर्ष मात्रै खेल भएको थियो । लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

चेन्नईले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा लखनउको टोलीले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । खेलमा कुल ४२२ रन बनेको थियो । जारी प्रतियोगितामा लखनउको यो पहिलो हार हो । पछिल्लो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो । चेन्नई सुपर किंग्सको टोलीले अब अप्रिल ८ मा वानखेडे स्टेडियममा चिर प्रतिद्वन्द्वी मुम्बई इन्डियन्ससँग खेल्नेछ । त्यस्तै लखनउले ७ अप्रिलमा आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

२१८ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जायन्ट्सले उत्कृष्ट सुरुवात गरेको थियो । उसले पहिलो ६ ओभरमा ८० रन बनाएको थियो । काइल मेयर्सले २२ बलमा ५३ रनको इनिङ खेले । उनले आठ चौका र दुई छक्का प्रहार गरे । उनले कप्तान केएल राहुलसँग पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । उनी छैटौं ओभरको तेस्रो बलमा आउट भए । मेयर्सको आउट भएपछि लखनउले नियमित अन्तरालमा पराजय भोग्यो । जसका कारण टोलीले हार बेहोर्नुपरेको थियो ।

निकोलस पूरनले १८ बलमा ३२ रनको इनिङ खेले । उनले दुई चौका र तीन छक्का प्रहार गरे । पूरन जबसम्म क्रिजमा थिए, लखनउले खेल जित्ने आश जिवितै थियो । १६ औं ओभरको अन्तिम बलमा उनी आउट भएपछि लखनउको आशा लगभग समाप्त भयो । आयुष बडोनीले १८ बलमा २३, कृष्णप्पा गौतमले ११ बलमा नटआउट १७ र मार्क वुडले तीन बलमा १० रन बनाए पनि यी खेलाडीले टोलीलाई जिताउन सकेनन् । मार्कस स्टोइनिसले १८ बलमा २१ र कप्तान केएल राहुलले १८ बलमा २० रन बनाए । क्रुणाल पाण्डे ९ र दीपक हुडा २ रन बनाएर आउट भए । चेन्नईका लागि मोइन अलीले ४ र तुषार देशपाण्डेले २ विकेट लिए । मिचेल सान्टनरले एक सफलता प्राप्त गरे ।

यस खेलमा चेन्नईका लागि अम्बाती रायुडुको स्थानमा तुषार प्रभावशाली खेलाडीको रुपमा मैदान उत्रिएका थिए । उनी गुजरातविरुद्ध पनि प्रभावशाली खेलाडी थिए, तर त्यसमा उनले खासै केही गर्न सकेनन् । यस खेलमा पहिलो ओभरमा महँगो साबित भएपछि उनले पुनरागमन गर्दै दुई विकेट लिए र चेन्नईलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले अन्तिम ओभरमा निकोलस पूरनपछि आयुष बडोनीलाई आउट गरे ।

यसअघि ऋतुराज गायकवाड र डेभोन कोनवेले चेन्नई सुपर किंग्सलाई उत्कृष्ट सुरुवात गराए । ऋतुराजले लगातार दोस्रो खेलमा अर्धशतक बनाए । उनले ३१ बलमा ५७ रनको इनिङ खेले । यस क्रममा गायकवाडले तीन चौका र चार छक्का प्रहार गरे । ऋतुराजका अलावा डेभोन कोनवेले २९ बलमा ४७ रनको इनिङ खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । गायकवाड र कोनवेले पहिलो विकेटका लागि ९.१ ओभरमा ११० रनको साझेदारी गरे ।

अम्बाती रायुडुले १४ बलमा २७ रन बनाएर अविजित रहे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । शिवम दुबेले १६ बलमा २७ रन बनाए । मोइन अलीले १३ बलमा १९ रनको योगदान दिए । कप्तान महेन्द्र सिंह धोनीले तीन बल सामना गरे । उनले पहिलो दुई बलमा दुई छक्का प्रहार गरे । तेस्रो बलमा मार्क वुडले उनलाई आयुष बडोनीबाट क्याच आउट पारे । धोनीको स्ट्राइक रेट ४०० थियो । धोनीको १२ रनले अन्तमा लखनउलाई ओझेलमा पार्यो र यो जितको अन्तराल बन्यो । बेन स्टोक्स आठ र रविन्द्र जडेजाले तीन रन बनाएर आउट भए । लखनउका मार्क वुड र रवि बिश्नोईले तीनरतीन विकेट लिए । आवेश खानले सफलता हात पारे ।

यसैबीच आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।