२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताउनु भयो । उहाँले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनैपनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिलसमेत गर्नुभएको थियो ।