२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
Auto Draft लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीद्वारा शपथग्रहण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ लिनुभएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बन्नुभएको हो । उहाँलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा अन्सारीको नाम थियो । उहाँसप्तरी निवासी हुनुहुन्छ ।