६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

आजदेखि सुरु हुँदै आईपीएल, साविक विजेता गुजरात र चार पटकको च्याम्पियन चेन्नई भिड्दै

आजदेखि सुरु हुँदै आईपीएल, साविक विजेता गुजरात र चार पटकको च्याम्पियन चेन्नई भिड्दै
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबाबाट सुरु हुँदैछ । उद्घाटन समारोह साँझ ६ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

यसपछि साँझ ७ः४५ बजेदेखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

४ वर्षपछि आईपीएलको उद्घाटन समारोह हुनेछ र ३ वर्षपछि घरेलु र अवे ढाँचामा प्रतियोगिता खेलाइनेछ । अर्थात् टोलीले लिगका ७ खेल आफ्नो घरेलु मैदानमा र बाँकी लिग खेल विपक्षी टोलीको घरेलु मैदानमा खेल्नेछन् ।

चारपटकको च्याम्पियन चेन्नई
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स टोली प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ उपाधि जितेको छ । टोली १३ मध्ये ११ सिजनमा चेन्नईले प्लेअफको यात्रा तय गदा ९ पटक फाइनल खेलेको छ । गत सिजन १४ मध्ये टोलीले ४ खेल मात्र जित्न सकेको थियो । जसका कारण उसले ९ नम्बरमा रहेर प्रतियोगिता समाप्त गर्नु परेको थियो ।

टोलीमा चार विदेशी खेलाडीमा बेन स्टोक्स, मोइन अली, डेभोन कोनवे, मिचेल सान्टनर र ड्वेन प्रिटोरियमले खेल्न सक्नेछन् । महिश टेकशाना उद्घाटन खेल.को लागि उपलब्ध छैनन् । यिनीहरू बाहेक ऋतुराज गायकवाड, रविन्द्र जडेजा, दीपक चाहर र शिवम दुबेजस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाउनेछन् ।

गुजरातमाथि उपाधि रक्षाको दबाब
गत सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनायो । यसपटक पनि करिब–करिब सोही खेलाडीसहित टोलीले प्रतियोगिता खेल्दैछ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातमा राशिद खान, राहुल तेवाटिया जस्ता शीर्ष श्रेणीका अलराउन्डरहरू पनि छन् ।

टोलीका ४ विदेशी खेलाडी म्याथ्यु वेड, केन विलियम्सन, राशिद खान र अल्जारी जोसेफ हुन सक्छन् । डेभिड मिलर उद्घाटन खेलका लागि अनुपलब्ध छैनन् । यिनीहरू बाहेक शुभमन गिल, यश दयाल र मोहम्मद शमी जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउनेछन् ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले सबैलाई चकित पारेको थियो । त्यसपछि दुवै टोली लिग चरणमा दुई पटक आमनेसामने भएका थिए । दुवै खेल गुजरातले जितेको थियो । कोरोनाका कारण पूरै प्रतियोगिता महाराष्ट्रका ३ स्टेडियममा खेलिएको थियो, यस्तो अवस्थामा दुवै टोली महाराष्ट्रमा नै आमनेसामने भएका थिए ।

नरेन्द्र मोदी स्टेडियममा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । यस्तो अवस्थामा यी दुईबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ ।

दुबै टोलीको सम्भावित प्लेइङ – ११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, म्याथ्यू वेड (विकेटकीपर), साई सुदर्शन, केन विलियम्सन, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, यश दयाल, अल्जारी जोसेफ र मोहम्मद शामी ।

चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अम्बाती रायडु, मोइन अली, रवीन्द्र जडेजा, शिवम दुबे, ड्वेन प्रिटोरियस/मिचेल सैन्टनर, दीपक चाहर र सिमरजीत सिंह ।