८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँः कप्तान चेम्जोङ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताउनुभएको छ ।

नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउनुभएको हो ।
नेपाली टोली शुक्रवार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसावमा तयार भएको बताउनु भयो । उहाँले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताउनु भयो । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणले बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताउनु भयो । टोली मानसिक र शारीरिक हिसवमा तयार रहेको भन्दै शुक्रवार नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताउनु भयो । टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानबिरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिनुभयो ।

भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालबिरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताउनु भयो । घरेलु टोलीबिरुद्ध हुने खेल निकै प्रतिष्पर्धातमक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताउनु भयो । खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनैपनि हालतमा जितका लागि खेल्ने हान्स मिकेल विसले बताउनु भयो ।

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताउनु भयो । पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाईपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताउनु भयो । दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताउनु भयो ।

प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन् । एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै लाओसले भुटानबिरुद्ध २–१ को नतिजा निकालेको थियो ।