११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै शिक्षामन्त्री श्रेष्ठ, आजै पदभार ग्रहण गर्ने

थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै शिक्षामन्त्री श्रेष्ठ, आजै पदभार ग्रहण गर्ने
अ अ+ अ-

काठमाडौं । आज (शुक्रबार) शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको पनि कार्यभार सम्हाल्दै छन् । उनले श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयमा आजै पदभार ग्रहण गर्दैछन् । 

उनले स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, र लगातार २ बजे श्रम मन्त्रालयमा र साढे ३ बजे वन मन्त्रालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।  सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद अब खुम्चीएर पाँच सदस्यमा कायम छ ।

रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री ओलीले बिहीबार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको जिम्मेवारी, बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी बाँडफाँट गरिदिएका थिए ।