२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा खेलाडीको थकान मापन गर्ने यन्त्र प्रयोगमा ल्याइँदै, के–के छन् फाइदा ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यस पटकको आईपीएलमा खेलाडीहरूको फिटनेसलाई जीपीएस उपकरणको सहायताले अनुगमन गर्ने भएको छ ।

सबै खेलाडीहरूले यसलाई अभ्यास र खेलको समयमा लगाउनु पर्नेछ । यो यन्त्रले खेलाडीको फिटनेससँग सम्बन्धित करिब ५०० प्रकारको जानकारी दिनेछ । यी जानकारीहरूमा खेलाडीको ऊर्जा स्तर, कभर गरिएको दूरी, गति, ब्रेकडाउनको जोखिम, मुटुको चाल, रक्तचाप आदि समावेश छन् । यो यन्त्रले खेल दौरान बढी बोझ पर्दा खेलाडीलाई चोट पुग्न सक्ने सीमा पनि पत्ता लगाउनेछ ।

बीसीसीआई स्रोतको विश्वास गर्ने हो भने ‘वर्कलोड डिभाइस’मा सन् २०१८ देखि काम चलिरहेको थियो । बीसीसीआईले २०१८ मा नै यस्तो उपकरण प्रयोग गर्न ग्रिन सिग्नल दिएको थियो । यो पहिलो पटक यसै आईपीएलमा प्रयोग गरिँदैछ । यो उपकरण वुमन्स प्रिमियर लिग (डब्लुपीएल) मा प्रयोग गरी हेरिएको थियो ।

यसबाट निकै राम्रो नतिजा आयो । जसअनुसार फ्रेन्चाइजीहरूलाई पनि फाइदा भयो र उनीहरूले आफ्ना महत्त्वपूर्ण खेलाडीहरूलाई आवश्यकता अनुसार प्रयोग गरे । यसपछि यसलाई आईपीएलमा प्रयोग गर्न ‘ग्रीन सिग्नल’ दिइएको छ ।

वर्कलोड मोनिटरिङ उपकरण इङ्ल्यान्ड र अष्ट्रेलियाली क्रिकेट टोलीले पनि प्रयोग गरिरहेका छन् । भारतमा, यो देशको राष्ट्रिय हक्की टोलीका खेलाडीहरूले पनि प्रयोग गर्छन् ।

आईपीएलमा भारतीय खेलाडीको फिटनेस अनुगमनका लागि तीन महिनाअघि बीसीसीआईको साधारणसभाले कार्यभार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

आईपीएल सकिए लगत्तै भारतीय टोलीले अष्ट्रेलियाविरुद्ध इङ्ल्यान्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नुपर्नेछ । साथै, एकदिवसीय विश्वकप अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । यस्तो अवस्थामा सिनियर र महत्वपूर्ण खेलाडीलाई चोटपटक लाग्न नदिन फ्रेन्चाइजीसँग वर्कलोड मोनिटरिङ उपकरण प्रयोग गर्ने निर्णय भएको हो ।

आईपीएलमा वर्कलोड मोनिटरिङ यन्त्र प्रयोग गर्नुको सबैभन्दा ठूलो कारण भनेको विश्व टेस्ट च्याम्पियनसिप अघि आफ्ना महत्त्वपूर्ण खेलाडीहरू विशेष गरी पेसरहरूलाई सुरक्षित राख्नु हो । टीम इण्डिया अहिले आफ्ना प्रमुख खेलाडीको चोटबाट संघर्ष गरिरहेको छ ।

जसप्रित बुमराह चोटका कारण गत वर्ष टी–२० विश्वकप र एसिया कप खेल्न सकेनन् । योसँगै श्रेयस अय्यर पनि ढाडको चोटका कारण आईपीएलबाट बाहिर छन् । बुमराहलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न गाह्रो छ । यससँगै अय्यर विश्व टेस्ट च्याम्पियनसिपअघि फिट हुने सम्भावना पनि कम छ । यस्तो अवस्थामा भारतीय क्रिकेट व्यवस्थापन कुनै जोखिम लिन चाहँदैन ।