९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

आईपीएलमा खेलाडीको थकान मापन गर्ने यन्त्र प्रयोगमा ल्याइँदै, के–के छन् फाइदा ?

आईपीएलमा खेलाडीको थकान मापन गर्ने यन्त्र प्रयोगमा ल्याइँदै, के–के छन् फाइदा ?
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यस पटकको आईपीएलमा खेलाडीहरूको फिटनेसलाई जीपीएस उपकरणको सहायताले अनुगमन गर्ने भएको छ ।

सबै खेलाडीहरूले यसलाई अभ्यास र खेलको समयमा लगाउनु पर्नेछ । यो यन्त्रले खेलाडीको फिटनेससँग सम्बन्धित करिब ५०० प्रकारको जानकारी दिनेछ । यी जानकारीहरूमा खेलाडीको ऊर्जा स्तर, कभर गरिएको दूरी, गति, ब्रेकडाउनको जोखिम, मुटुको चाल, रक्तचाप आदि समावेश छन् । यो यन्त्रले खेल दौरान बढी बोझ पर्दा खेलाडीलाई चोट पुग्न सक्ने सीमा पनि पत्ता लगाउनेछ ।

बीसीसीआई स्रोतको विश्वास गर्ने हो भने ‘वर्कलोड डिभाइस’मा सन् २०१८ देखि काम चलिरहेको थियो । बीसीसीआईले २०१८ मा नै यस्तो उपकरण प्रयोग गर्न ग्रिन सिग्नल दिएको थियो । यो पहिलो पटक यसै आईपीएलमा प्रयोग गरिँदैछ । यो उपकरण वुमन्स प्रिमियर लिग (डब्लुपीएल) मा प्रयोग गरी हेरिएको थियो ।

यसबाट निकै राम्रो नतिजा आयो । जसअनुसार फ्रेन्चाइजीहरूलाई पनि फाइदा भयो र उनीहरूले आफ्ना महत्त्वपूर्ण खेलाडीहरूलाई आवश्यकता अनुसार प्रयोग गरे । यसपछि यसलाई आईपीएलमा प्रयोग गर्न ‘ग्रीन सिग्नल’ दिइएको छ ।

वर्कलोड मोनिटरिङ उपकरण इङ्ल्यान्ड र अष्ट्रेलियाली क्रिकेट टोलीले पनि प्रयोग गरिरहेका छन् । भारतमा, यो देशको राष्ट्रिय हक्की टोलीका खेलाडीहरूले पनि प्रयोग गर्छन् ।

आईपीएलमा भारतीय खेलाडीको फिटनेस अनुगमनका लागि तीन महिनाअघि बीसीसीआईको साधारणसभाले कार्यभार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

आईपीएल सकिए लगत्तै भारतीय टोलीले अष्ट्रेलियाविरुद्ध इङ्ल्यान्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नुपर्नेछ । साथै, एकदिवसीय विश्वकप अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ । यस्तो अवस्थामा सिनियर र महत्वपूर्ण खेलाडीलाई चोटपटक लाग्न नदिन फ्रेन्चाइजीसँग वर्कलोड मोनिटरिङ उपकरण प्रयोग गर्ने निर्णय भएको हो ।

आईपीएलमा वर्कलोड मोनिटरिङ यन्त्र प्रयोग गर्नुको सबैभन्दा ठूलो कारण भनेको विश्व टेस्ट च्याम्पियनसिप अघि आफ्ना महत्त्वपूर्ण खेलाडीहरू विशेष गरी पेसरहरूलाई सुरक्षित राख्नु हो । टीम इण्डिया अहिले आफ्ना प्रमुख खेलाडीको चोटबाट संघर्ष गरिरहेको छ ।

जसप्रित बुमराह चोटका कारण गत वर्ष टी–२० विश्वकप र एसिया कप खेल्न सकेनन् । योसँगै श्रेयस अय्यर पनि ढाडको चोटका कारण आईपीएलबाट बाहिर छन् । बुमराहलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न गाह्रो छ । यससँगै अय्यर विश्व टेस्ट च्याम्पियनसिपअघि फिट हुने सम्भावना पनि कम छ । यस्तो अवस्थामा भारतीय क्रिकेट व्यवस्थापन कुनै जोखिम लिन चाहँदैन ।