८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरु भएको पहिलो महिनामै १ लाख नाघे हाम्रो पेका प्रयोगकर्ता



अ+ अ-

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो ।

हाम्रो पे विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ । यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोर लगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ ।
प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि उपयोगी छ ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाको रुपमा हाम्रो पे ल्याएको थियो । जसमा ‘स्प्लिट एण्ड पे’का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ ओटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचर समेत रहेका छन् ।

त्यस्तै प्रयोगकर्ताको सहजताका लागि ‘लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ । हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने छ ।