११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भयोः प्रधानमन्त्री (भिडियोसहित)

न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भयोः प्रधानमन्त्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सो बारे चर्चा गरिनुले शंका उब्जाएको बताउनुभएको हो । सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायलयको निश्पक्षता मााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो “कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोली अदालतले हटाउदैछ भन्ने सुचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरुनै हिसाबले  ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ । ” उहाँले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफनै कामले प्रमाणित गर्नुपर्ने भन्दै उहाँले त्यस अघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रणालीप्रति चिन्तित र सजक हुनुपर्ने कुरा हो । प्रणालीप्रति हाम्रो सजगता आवश्यक छ । प्रणालीहरु सधै अग्नि परीक्षामा नै हुन्छ्रन् । प्रणालीले परिणामबाट आफ्नो सहीपना र सर्वश्रेष्ठता सावित गर्नै पर्छ । तर प्रणालीलाई कार्यान्वयनमा नै जान नदिईकन, कार्यान्वयनको प्रारम्भ नै हुन नदिईकन फेरि भत्काउने तर्फ लाग्नु खतरनाक बिषय हो । ”

उहाँले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गर्नुभयो । पुर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफुलाई आडम्बरी देशक्ति भनी टिप्पणी गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “एकजना पुर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ । यो माईक्रो म्यानेजमेण्टमा लाग्न हुदैन । तपाईहरु माईक्रो म्यानेजमेण्टमा नलाग्नुहोस् । ठूला कुरामा हात हाल्नुहोस् न । पोलिसी म्याटरमा हात हाल्नुहोस् न । जथाभावी किन हुन दिईरहनुभएको छ तपाईहरु ?उहाँको भनाई थियो । मलाई आश्चर्य लाग्यो । तैपनि आफुलाई देशभक्त नै हुँ भनेर हिडिरहेका छन् । अर्को पुर्व प्रधानमन्त्री जी खुलेआम भन्छन्–के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरु, छिमेकीहरुले ? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के ? के चाहीँ गरिदिनुपर्ने ? फेरी उहाँहरु फलानाको देशभक्ति भनेको चाहीँ नक्कली देशभक्ती हो । आडम्बरी देशभक्ति हो ।   ”

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “उहाँहरुले महन्त ठाकुरजी लाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ भने, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन । म तपाईका पोलिसिका पछाडि जान्छु भनेको छैन । अर्को कुरा उहाँहरुसंग कुनै एग्रिमण्ट पनि गरेको छैन । मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ । त्यो चाहीँ हुनुहुनामी के के भईहाल्यो ? महन्त जीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरु साक्षी राखेर भनेको होईन ? टेलिभिजनमा खिचाएको होइन ? उहाँहरुको आक्रोश मैले भन्ने गर्थे नि रिसाएको विरालोले खामो चितोर्छ भनेर । ”

प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताउनुभयो । गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गर्नुभयो । उहाँले भन्नुधभयो “अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।”

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो । उहाँले भन्नुभयो “बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामाण्टमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । फैसला प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरुको टुंगो राजनीतिक संस्थाहरुले वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो । राजनीतिक होइन ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तराष्ट्रिय मञ्चहरुमा देखिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुन्छ । हाम्रो सामाजिक न्याय र समानता सहितको आन्तरिक नीति, त्यसको प्रतिबिम्ब अन्तराष्ट्रिय मञ्चहरुमा पनि त्यस्तै हुन्छ । जुन कुराको दृष्टान्त प्रदीप ज्ञवाली जीको पुस्तिका हो । नेपालको भूभाग समेटिएर छापिएको नक्सा जसलाई आजकल प्रचलित भाषामा चुचे नक्सा भन्ने गरेको छ । अब चुचे नक्सालाई कसैले पनि मेटाउन सक्क्तैन । नेपालले फरेन पोलिसिलाई चुचे नक्सा जस्तै आकार दिएको छ । त्यसलाई पनि मेटाउन सक्क्तैन । एउटा लयमा फरेन पोलिसि अघि बढीसकेको छ । यसलाई कसैले मेट्न सक्क्तैन ।” उहाँले नेपालको राजनीतिमा भ्रम फैलाउन खोजेको भन्दै पार्लियामेण्टमा खुर्सानीको धुलो बोकेर जाने र पार्लियामेण्टको लडाई माईकले हानेर गर्नेहरुसंगको लडाई शान्तिपुर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो “राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण पार्लियामेण्टमा खुर्सानीको धुलो बोकेर जानेहरु, पार्लियामेण्टको लडाई माईकले हानेर गर्नेहरुसंगको यो लडाई शान्तिपुर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौ भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नु पर्दैन भन्ने पनि म साथीहरुलाई आश्वस्त पार्न चाहन्छु । ”