२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर



अ+ अ-

काठमाडौ । राप्रपाले आगामी बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन कमान्डर तोकेको छ ।

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उमेदवार खडा गर्ने निर्णय गर्दै कमाण्डरहरु तोकेको हो ।राप्रपाले निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० बैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिको छ। बैठकमा हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।

बैठकले आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ। यसक्रममा ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरि आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा।धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सह महामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरेको छ ।

बैठकले पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको र यसरी जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।