७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परे सलमानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति



अ+ अ-

एजेन्सी । सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ परेका छन् । राजस्थान र मुम्बई प्रहरीको संयुक्त अभियानमा धाकड राम बिश्नोई नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

उनी २१ वर्षको मात्र छन् । प्रहरीले अनुसन्धानमा इमेल जोधपुरबाट पठाएको पत्ता लागेको थियो । गत हप्ता सलमान खानका म्यानेजर जोर्डी पटेललाई धम्कीको इमेल आएको थियो । उक्त इमेलमा सलमान खानलाई मार्ने भनिएको थियो । त्यसयता इमेल पठाउने व्यक्तिको खोजी भइरहेको थियो ।

बान्द्रा प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । मुम्बई पुलिसले यस मुद्दासँग सम्बन्धित सबै जानकारी जोधपुर पुलिसलाई दिए ।

जोधपुरको ‘सियागो की ढाणी’ निवासी २१ वर्षीय धाडक राम बिश्नोईले इमेल पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ । धाकड राम बिश्नोईको ठेगाना थाहा पाउने बित्तिकै बान्द्रा प्रहरीका एक उपनिरीक्षक र जोधपुर पुलिसले संयुक्त अभियानमा आरोपीलाई पक्राउ गरे । अहिले उनलाई जोधपुरबाट मुम्बई ल्याउने तयारी भइरहेको छ ।

आरोपी राम बिश्नोईविरुद्ध हतियार ऐन मुद्दा पनि दर्ता भएको छ । उनलाई अवैध हातहतियारसहित सरदारपुरा प्रहरीले १२ सेप्टेम्बर २०२२ मा पक्राउ गरेको थियो । रिपोर्टका अनुसार उनले सिद्धु मुसेवालाका बुवालाई पनि इमेल पठाएका थिए । उक्त इमेलमा उनले मुसेवालाका बुवालाई मार्ने धम्की समेत दिएका थिए ।