१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

सीके राउतले बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटरव्याजपीडितलाई भेटे

सीके राउतले बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटरव्याजपीडितलाई भेटे
अ अ+ अ-

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याजपीडितसँग भेट गरेका छन् । महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न अध्यक्ष राउत मातातीर्थमा पुगेका हुन् ।

चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरी हुँदै पीडितहरू आइतबार मातातीर्थ आइपुगेका थिए । पीडितलाई भेटेर राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टीले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएपनि सरकारले काम गर्न छाडेको बताए ।

‘सम्झौता भइसकेपछि पटक पटक किन आन्दोलन गर्नुपर्ने अवस्था आयो । हाम्रो त्यहीमा पनि असन्तुष्टि छ । सरकारले इमान्दारिता नदेखाएको भए अहिले दुख पाउनुभएको छ । यो विषयमा हामीले संसदमा आवाज उठाएको छौं । प्रधानमन्त्रीसँग आन्तरिक बैठकमा कुरा उठाएका छौं,’ अध्यक्ष राउतले भने ।

यदि सरकारले समस्या समाधान नगरे जनमत पार्टी पनि आन्दोलनमा सहभागि हुने अध्यक्ष राउतले बताए ।