२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ भएको नेटोको भनाइ



अ+ अ-

एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ ।

“रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार छ । नेटो सतर्क छ र हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं,” नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले भनिन् ।

उनले भनिन्, “पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन देखेका छैनन्, जसले हामीलाई आफ्नो शक्ति समायोजन गर्न प्रेरित गर्नेछ ।”

युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ ।

रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूसहुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक शस्त्रागारको केही हिस्सा आफ्ना युरोपेली सहयोगीहरूको भूमिमा आधारित गरेको कदमको तुलना गर्दै यसको प्रतिवाद गरेका छन् ।