११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

कालीगण्डकी–तिनाउ डाइभर्सनले सिङ्गो राष्ट्रको मुहार बदल्नेमा उपप्रम पौडेल विश्वस्त

कालीगण्डकी–तिनाउ डाइभर्सनले सिङ्गो राष्ट्रको मुहार बदल्नेमा उपप्रम पौडेल विश्वस्त
अ अ+ अ-

बुटवल । ठूलो क्षेत्रफलमा सिँचाईसँगै विद्युतीकरणको महत्वाकांक्षी अभियानका रुपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढ्ने क्रम जारी छ । 

शनिबार बुटवलमा परियोजनाको कार्यलय विधिवत् रुपमा स्थापना गरिएको छ । उपप्रधानमन्त्री विष्णु पौडेलले कार्यलयको उद्घाटन गर्दै उहाँले राष्ट्रिय गौरवको यो आयोजनाले सिंगो राष्ट्रको मुहार बदल्ने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै उहाँले देश विकासलाई कायकल्प गर्ने यो आयोजनालाई सफल पार्न सबैलाई अपिल समेत गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले श्रोतको प्रबन्धसँगै छिट्टै आयोजनाको प्रभावकारी कार्यान्वयन अघि बढ्ने बताउँदै आयोजनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्याङ्जाको कालिगण्डकी नदीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका ठूलो क्षेत्रफलमा सिँचाई पुर्याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने यो आयोजनाको प्रारम्भिक लक्ष्य रहेको छ ।