५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत २१ रनले पराजित, कोहलीको अर्धशतकले काम गरेन

तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत २१ रनले पराजित, कोहलीको अर्धशतकले काम गरेन
अ+ अ-

एजेन्सी । अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा भारत १–२ ले पराजित भएको छ । रोहित शर्माको कप्तानीमा रहेको घरेलु टोली भारत बुधबार तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएको हो ।

भारतले घरेलु मैदानमा २६ वटा सिरिजपछि कुनै पनि फर्म्याटको द्विपक्षीय शृंखला गुमाएको हो । यस अवधिमा भारतीय टोलीले २४ सिरिज जितेको छ भने २ बराबरी खेलेको छ ।

चेन्नईस्थित चेपौक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको टोली ४९ ओभरमा २६९ रनमा अलआउट भयो । जवाफमा भारतीय ब्याट्सम्यानले ४९.१ ओभरमा २४८ रन मात्रै बनाउन सक्यो । कुलदीप अन्तिम ब्याट्सम्यानको रुपमा आउट भए भने मोहम्मद सिराज अविजित रहे ।

अष्ट्रेलियाका बलर एडम जाम्पाले दोस्रो इनिङ्समा हरेक पटक भारतीय ब्याट्सम्यानलाई समस्यामा पारे । जाम्पाले इनिङ्सको १२औं ओभरमा शुभमन गिल (३७) लाई एलबीडब्लु गरे । त्यसपछि २७ औं ओभरमा सेट ब्याट्सम्यान केएल राहुल (३२) पनि आउट भए । यसपछि उनले ब्याट्सम्यान हार्दिक पाण्ड्या (४०) र रविन्द्र जडेजा (१८) लाई आउट गरेर टीम इन्डियालाई आठौं झट्का दिए ।

सूर्यकुमार यादव लगातार तेस्रो एकदिवसीयमा गोल्डेन डकको शिकार बने । उनी पहिलो र दोस्रो एकदिवसीयमा मिचेल स्टार्कको बलमा एलबीडब्ल्यू भएका थिए । सूर्य ब्याटिङमा ह्याट्रिक गर्ने १३ औं अन्तर्राष्ट्रिय खेलाडी हुन् । लगातार तीन इनिङ्सको पहिलो बलमा ब्याट्सम्यान शून्य रनमा आउट भएमा त्यसलाई ब्याटिङ ह्याट्रिक भनिन्छ ।

सूर्यकुमार भन्दा पहिले भारतका सचिन तेन्दुलकर, अनिल कुम्बले, जाहिर खान, इशान्त शर्मा र जसप्रित बुमराह पनि लगातार ३ ओडिआईमा शून्य रनमा पेभिलियन फर्किएका छन् । तर तीनै जना लगातार पहिलो बलमा आउट भएनन् ।

एकदिवसीय शृंखलाको पहिलो २ खेलमा गोल्डेन डकमा पेभिलियन फर्किएका सूर्यकुमार यादव तेस्रो खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएनन् । यसपटक विकेटकिपर केएल राहुल चौथो नम्बरमा आए । राहुलपछि ५ नम्बरमा अक्षर पटेल र ६ नम्बरमा हार्दिक पाण्डेय ब्याटिङमा आए । तेस्रो नम्बरमा रहेका विराट कोहलीले आफ्नो करियरको ६५ औं अर्धशतक बनाए ।

१३ औं ओभरमा शुभमन गिल आउट भएपछि केएल राहुल ४ नम्बरमा ब्याटिङ गर्न आए । विराट कोहलीसँगै राहुलले भारतको इनिङ्सलाई लिएका थिए । दुवैले ९३ बलमा ६९ रनको साझेदारी गरे । २८ औं ओभरमा ३२ रन बनाएर राहुल एडम जाम्पाको शिकार बने र यो बलियो साझेदारी टुट्यो ।

भारतलाई कप्तान रोहित शर्मा र शुभमन गिलले धमाकेदार सुरुवात गराए । दुबैले ५६ बलमा ६५ रनको ओपनिङ पार्टनरसिप गरे ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा २६९ रनमा अलआउट भयो । ओपनर मिचेल मार्सले ४७ रन बनाए भने एलेक्स केरीले ३८ रन बनाए । मार्नस लाबुसेनले २८, मार्कस स्टोइनिसले २५, ट्राभिस हेडले ३३ र डेभिड वार्नरले २३ रनको योगदान दिए ।

ट्रेभिस हेड र मिचेल मार्सको जोडीले अष्ट्रेलियालाई बलियो सुरुवात गराए । यी दुईबीच ६५ बलमा ६८ रनको ओपनिङ साझेदारी थियो । हेड ३३ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याले कुलदीपको हातमा क्याच आउट गरेका थिए ।

भारतका लागि हार्दिक पाण्डेया र कुलदीप यादवले ३/३ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले २–२ विकेट लिए ।