७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय वरियतामा नेपालको सुधार



अ+ अ-

काठमाडौँ । एकदिवसीय अन्तराष्ट्रिय वरियतामा नेपालले सुधार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)द्वारा बुधबार सार्वजनिक भएको वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १५ औं स्थानमा उक्लिएको छ ।

ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।नेपाल भन्दा पछाडी ओमान, नामिबिया,अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्रतर्फ स्कटल्याण्ड १२ औं स्थानसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

वरियताको शीर्ष स्थानमा भने भारत रहेको छ । यसैगरी दोस्रो स्थानमा अष्ट्रेलिया, तेस्रोमा न्युजिल्यान्ड चौथौमा इंग्ल्यान्ड रहँदा पाँचौं स्थानमा पाकिस्तान रहेको छ ।