२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारले रामजानकी रंगशालामा दुई अर्ब लगानी गर्ने



अ+ अ-

जनकपुरधाम । मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिने भएको छ ।

प्रदेश सरकारले यसका लागि दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधार जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन उक्त रंगशालाको स्थलगत निरीक्षण गर्दै उक्त घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री यादवका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएको बेला घोषाणा गरेको एक अर्ब र मधेश प्रदेश सरकारले थप एक अर्ब गरी रु दुई अर्ब लगानी गरी रंगशालालाई पूर्णता दिइनेछ ।

उहाँले रंगशालालाई मुलुककै सुविधासम्पन्न बनाइने र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०७४ सालमा तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने बताएको थियो । सो प्रयोजनका लागि उसले लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने भनेको थियो तर अहिलेसम्म कुनै काम भएका छैनन् ।