२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारदिन भित्रै सरकारलाई पूर्णता दिन्छु – प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘अव आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ ।

सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अव आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताउनु भयो ।