११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

चोभारमा सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा (भिडियो सहित)

चोभारमा सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताउनुभएको छ । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उहाँले बताउनुभयो । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ । ठुलो–ठुलो गोदामहरु २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तिनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाहिरी देशबाट आउने सामानहरु जो काठमाडौंको गन्तव्य हुन्छ । उहाँहरुले म विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिन सिधैँ काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ । व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसार–पसार गर्ने मुल्य घटाउन यसले महत्वपूर्ण योगदान दिनेछ । अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको छ भनेपछि भोलीको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर हुन्छ । यसले व्यापार सहजीकरण पनि गर्छ । लजिस्टिक कस्ट कम गर्छ । त्यसैले या बन्दरगाह महत्वपूर्ण छ ।’

विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उहाँले बताउनुभयो ।