११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो
अ अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।
 
विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।

सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”
 
सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति ९युएन० पदक प्राप्त गरिसकेको छ ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट  जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल हुनुहुन्छ । यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्तिस्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ । विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकबाट आफनो जीवनको बलिदानी भइसकेको छ । यस अवधिमा ६६ जना सैनिक गम्भीर घाइते भएका छन् ।

मानव अधिकारको पूर्ण पालना, द्वन्द्व व्यवस्थापन र मानवीय सहायतामा नेपाली सेनाबाट हुँदै आएको कार्यको विश्व समुदायबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्तिस्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आसा, भरोसा र विश्वास राखेको छ ।

अन्तर्राष्ट्रिय शान्तिस्थापनाका लागि उल्लेखनीय योगदान दिई विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको छ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नेपाली सेनाले शान्ति मिसनमा खटेर पु¥याएको योगदान अतुलनीय भएकाले राष्ट्रसङ्घबाट धेरै नै प्रशंसा पाउँदै आएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको तथा  शान्ति सैनिकका रूपमा खटिएको स्थानमा तटस्थता कायम गर्ने भूमिका आदिले नेपाली सैनिकप्रति राष्ट्रसङ्घ र स्थानीय नागरिकले समेत निकै भरोसा राखेको देखिन्छ । त्यो भएर पनि सङ्ख्या थप्ने विषय सम्भव भएको हो ।”

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्तिस्थापनामा कार्यमा देखाएको व्यावसायिक कुशलताकै कारण विश्व समुदायको पहिलो रोजाइमा पर्दै आएको मात्र होइन विशेषखाले जिम्मेवारी पनि सम्हाल्दैआएको छ । कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले प्राप्त गरेको प्रशस्तै उदाहरण छन् ।

सेनाका पूर्वउपरथी जगदीशचन्द्र पोखरेल नेपाली सेना स्वभावैले शान्तिप्रेमी र कसैको पक्षमा नढल्कने तटस्थ भूमिकामा रहने मात्र नभएर राष्ट्रसङ्घको शान्तिस्थापना गर्ने सिद्धान्त र कार्यादेशको पूर्ण पालना गर्दै सहजरूपमा जिम्मेवारी पूरा भएकाले धेरै ठाँउमा नेपाली शान्ति सैनिकको माग हुँदै आएको बताउनुहुन्छ ।

निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल हुँदैआएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “नेपाली सेना कुनै पनि मिसनमा जाँदा कुनै स्वार्थ लिएर गएको हुँदैन, ज्यान बाजीमै राखेर भए पनि जिम्मेवारी कार्यादेशलाई नै सर्वोपरी प्राथमिकता दिन्छ ।”

भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्वशान्तिका लागि नेपालको ठूलो योगदान रहेको छ । नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाँउमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन सङ्गठन सफल भएको पूर्वरथी पोखरेल बताउनुहुन्छ ।

शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडानलगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी  सम्हालेको घटनाको सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्तिस्थापनार्थ गरेको योगदानका आधारमा ‘फोर्स कमाण्डर’को नेतृत्व र जिम्मेवारी पाउनुपर्छ भनी नेपालले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्दै आएको छ । रासस