२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न दुई विकेट बाँकी



अ+ अ-

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान नजिक पुगेका छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीप कीर्तिमान नजिक पुगेका हुन्।

सन्दीपलाई ओडिआईमा सय विकेट पूरा गर्न अव दुई विकेट बाँकी छ । उनले ४० खेलमा ९८ विकेट लिएका छन् ।

अफगानिस्तानका राशिद खानले नाममा ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमानी रहेको छ । उनले २०१८ मा ४४ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए ।

पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा,अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ ओडिआई खेलमा ५० विकेट पूरा गरेका थिए । सन्दीपको उच्च लय हेर्दा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान तोडिने उच्च सम्भावना देखिन्छ ।

श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा पहिलोपटक नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिईसकेका छन् । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४३ खेलमा ६० विकेट लिएका छन् ।




भर्खरै