२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको वाकाथनः महिलाले स्वस्थ रहन हिँड्न जरुरी छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा काठमाडौँमा टेकुदेखि माईतिघर मण्डलासम्म वाकाथन आयोजना गरिएको छ ।

वाकाथनले महिलाहरुले घरको काम र व्यवस्थताको कारण स्वस्थ जिवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषको सहभागिता घरको काममा समेत जरुरी भएको सन्देश प्रदान गरेको थियो ।

नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथनमा करिब २०० स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

करिब ३ कि.मी. दुरी स्वस्थ्यकर्मिहरुसँगै हिँड्नुभएका एमाले सचिव भट्टराईले माईतिघरमा कोणसभालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको बताउनुभयो ।

त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाईरहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन सुरु गर्नु भएको बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा आयोजना भएको वाकाथनको कोणसभाको अध्यक्षता महासंको अध्यक्ष डा. झलक शर्मा गौतमले गर्नु भएको थियो ।

उपमहासचिव बरालले महिलाहरु घरको काममा सिमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबै महिलाहरुले आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनु भयो । स्वस्थ जिवयापनको लागि दैनिक हिँडनुपर्ने तथा फिजिकल व्यायाम गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै, महासंघको अध्यक्ष डा. गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुको पेशागत अधिकारमुखी संस्था भएको प्रस्ट पार्नुभयो ।