२ पुष २०८२, बुधबार
,
Latest
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहलाई छाड्न विशेष अदालतले आदेश गरेको छ ।

श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आइतबार ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।