१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय गठबन्धन बैठक सुरू भएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै, नेकपा एसबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, वेदुराम भुसाल, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, राजमोबाट चित्रबहादुर केसीलगायत नेताहरू बैठकमा सहभागी छन्।