२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले विश्वविजेता सहकर्मीलाई सुनको आइफोन १४ उपहार दिने



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी फुटबल टोलीका कप्तान एवं फ्रेन्च क्लब (पेरिस सेन्ट जर्मेन)का स्टार फरवार्ड लियोनल मेसीले ३५ वटा सुनबाट नीर्मित आइफोन १४ अर्डर गरेका छन् ।

समाचारम जनाइए अनुसार मेसीले गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जितेको खुसियालीमा आफ्ना सहकर्मीहरूलाई उपहार स्वरूप प्रदान गर्न ती आइफोन अर्डर गरेका हुन् ।

‘द सन’काअनुसार ती आइफोनमा २४ क्यारेट सुनको पाता लगाइएको छ । पछिल्लो भागमा खेलाडीले लगाउने जर्सीको अंक र नाम लेखिएको छ भने तीन तारा भएको अर्जेन्टिना फुटबल संघको लोगो रहेको छ ।

ती सबै आइफोनको मूल्य १ लाख ७५ हजार पाउण्ड (२ करोड ७७ लाख ८०) हजार नेपाली परेको छ ।

उक्त आइफोन डिजाइन गर्ने कम्पनी आइडिजाइनका सिइओ बेन लियोन्सका अनुसार मेसीले विश्वकपको फाइनल जितेपछि ती आइफोन अर्डर गरेका थिए ।

गत डिसेम्बर १८ मा फ्रान्समाथि रोमाञ्जक जित निकाल्दै अर्जेन्टिना तेश्रो पटक फिफा विश्वकप च्याम्पियन भएको थियो । उक्त प्रतियोगितामा मेसी सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए । उनले प्रतियोगिता भरी सात गोल गरेका थिए ।