२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकले नारी दिवसको अवसरमा फिमेल वेलनेस प्याकेजमा भारी छुट दिने



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ ।

निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो ।

नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ ।
सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ । यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ ।

यी सबैखालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।