२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय बाहिर व्यापारीको धर्ना, तत्काल ब्याजदर घटाउन माग



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाहिर उद्योगी व्यापारीहरूले धर्ना दिएका छन् । बैंकहरूले दिइरहेको चर्को ब्याजदर घटाउन माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

केही दिनदेखि गरिरहेको आन्दोलनका बिषयमा प्रदेश सरकारले चासो नदिएको भन्दै उनीहरुले सबै व्यापार बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । व्यापारीहरूले आज बिहान १० देखि ११ बजे सम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका थिए ।

उद्योगी व्यवसायीहरूले आज बिहान ९ बजे धनगढी चौराहाबाट निकालेको र्‍याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभा गरेका थिए । उनीहरुले तत्काल ब्याजदर घटाउन माग गरेका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले भोलिबाट आन्दोलन थप सशक्त पारिने जनाएको छ ।