२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ को नाम ‘कोसी’ प्रस्ताव पारित



फाईल फोटो
अ+ अ-

विराटनगर । प्रदेश नं १ को नाम कोशी प्रदेश भएको छ । बुधबार प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्ताव पेश हुँदा बहुमतले पारित भएको हो ।

कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत जाहेर गरे भने विपक्षमा ४ मत परेको छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम आज प्रस्ताव पेश भएको हो ।

सत्तापक्ष नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गर्नुभएको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशको नाम ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश हुनुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावमा नेपाली कांग्रेसका भूपेन्द्र राई, एमालेका रेवतीरमण भण्डारी र राप्रपाका गोपाल विश्वकर्माले समर्थन जनाउनुभएको थियो भने अस्वीकृत प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो, जसपाका निर्मला लिम्बूले समर्थन जनाई प्रदेशको नाम पहिचान र सामथ्र्यको आधारमा हुनुपर्ने माग राख्नुभएको थियो ।

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमाथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिनुभएको थियो । त्यसपछि बसेको प्रदेशसभाको बैठकमा प्रदेश नं १ को नाम कोशी राख्ने प्रस्ताव बहुमतले पारित भएको हो ।