२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति



अ+ अ-

काठमाडौं । यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरीजमा स्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा थप्न आईसीसीले अनुमति दिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले घाइते रहेका श्याम ढकाल(मौसम) को स्थानमा सन्दीपलाई राख्न मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले स्वीकृत गरेको हो ।

यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा लगाएको प्रतिबन्धको कारण सन्दीपलाई यूएई जाने टोलीमा राखिएको थिएन । सोमबार सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेपछि सन्दीप उक्त शृंखला खेल्न यूएई जान लागेका हुन् ।