२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ: महान्याधिवक्ता पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताउनुभएको छ ।

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विद्यालयहरुमा प्रोफेसरहरुले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरुबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताउनु भयो ।

महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म कबहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसदा गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरुलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून पत्रिकाले एकेटेमिक परिवेशमा निखारपन ल्याउँछ । भारतमा हामीले अध्ययन गर्दा सोधेका थियौँ । किन तिमीहरुको जर्जमेण्टको विभिन्न जर्जमेण्टहरुको यत्रो चर्चा हुन्छ किन ? भनेर सोध्दा उनीहरुले समयको कुरा हुन्छ भन्थे । सर्वोच्च अदालतबाट एउटा फैसला आउनका लागि एक जना वरिष्ठ अधिवक्ताले २१ दिनसम्म बहस गर्थे, त्यसका आधारमा सर्वोच्च अदालतले फैसला गर्दथ्यो ।’

‘त्यो फैसला कलेजमा पढाइ हुन्थ्यो र प्रोफेसरहरुले कमेन्ट गर्दथे र कमेन्टलाई ध्यानमा राखेर सर्वोच्च अदालतहरुमा फैसला पुनरावलोकन हुन्थ्यो । उनीहरुले रि करेक्शन गर्दथे । जर्जले आफ्नै जर्जमेण्ट उल्ट्याउँथे । त्यस्तो खालको डिस्कोर्स भयो भने मात्रै जस्टिस डेलिभरिमा नयाँ पन आउँछ । कम्तीमा कानून पत्रिकाले नेपालको अवस्थामा एकेडेमी डिस्कोर्सको लागि जुन छलफल गरेको छ ।’

सो अवसरमा कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानून व्यवासायीहरुलाई सम्मान गरेको थियो ।