२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई



अ+ अ-

झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समयमा पनि दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए । आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके ।

टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका लागि दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए । जितसँगै आर्मीले रू १३ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले रू सात पुरस्कार प्राप्त गर्यो ।

खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि दुवैजनाले रातो कार्ड पाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उदियमान खेलाडी मछिन्द्रका सौरव राई र उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले रु एक लाख पुरस्कार पाए ।

विजेता तथा उपविजेतालाई झापा क्षेत्र नं. १ का सांसद् एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदान गरेका थिए । उनले झापा सामाजिक, आर्थिक, राजनीतिकसँगै खेलकुद क्षेत्रमा अब्बल भएको बताए । आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल खेलाडी गम्भीर राईलाई पुरस्कृत गरेको छ । उनले एक थान मोटरसाइकल प्राप्त गरे । यही फागुन ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।