२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले हात नमिलाउँदैमा सन्दीप लामिछाने दोषी हुँदैनन्: शम्भु थापा



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाएको खण्डमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भन्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा सन्दीप दोषी नहुने जिकिर गरेका हुन् ।

‘सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान्’, इजलासमा थापाले भने, ‘ हात नमिलाउँदैमा सन्दीप दोषी हुँदैनन् श्रीमान ।’ बहसका क्रममा थापाले सन्दीपको भरपुर प्रतिरक्षा गरेका थिए ।

अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरिरहेका छन् । थापाले बहस सकेका छन् भने सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्न बाँकी छ ।

यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा बहस भइरहेको हो ।