२९ भाद्र २०८३, सोमबार
,
Latest
रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो बनाए



अ+ अ-

एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले ।

उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे । उनको गाउँसँगै ठूलो पहाड थियो । जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अवरोध गरेको थियो ।

जब उनलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नि लडिन् र उनको मृत्यु भयो । उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे । उनले एक्लै केबल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे ।

करीब २२ वर्ष लगाएर उनी सफल बने । उनलाई काम सुरु गर्दा सबैले पागल भन्ने गर्थे । कसैले विश्वास गरेनन् की केबल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फुटाएर बाटो बनाउन सक्छ । उनले ३६० फुट लामो ३० फुट चौडाई र २५ फुट उचाई रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे । उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए ।

सन् २००७ मा उनको मृत्यु भयो । तर उनको नाम सधैँभरी रहन गयो । उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ । उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेको छ । यसैगरि उनकै जिवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ ।