१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम पार्टीहरू बीच एकता हुनुपर्छ– झलनाथ खनाल



file photo
अ+ अ-

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामन्थी दलहरुबीच एकता हुनुपर्ने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग उहाँले वामपन्थीहरुबीच एकता भए मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

नीति, सिद्धान्त र लक्ष्य मिलेको अवस्थामा जुनसुकै दलसँग पनि एकीकृत समाजवादी एकीकरण गर्न तयार रहेको उहाँको भनाइ थियो । एकीकृत समाजवादी वाम दलहरुबीच मोर्चाबन्दी बनाएर जान खुला रहेको उल्लेख गर्नुभयो ।

आफूमा सत्ताका लागि ढोका ढक्ढक्याएर हिँड्ने प्रवृत्ति नरहेको भन्दै नेता खनालले मुख्य शक्तिहरु भने शक्ति आर्जनका लागि र्याल काढेर हिँडिरहेको बताउनुभयो ।