२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेबाट बस्ने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।