२९ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले पनि जालसांजी गर्न थाले यादवको आरोप



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम  र जालझेल गर्न थालेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो “संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम  जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।”

जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताउनुभयो । सांसद यादव अहिले उपेन्द्र यादव समुहमा हुनुहुन्छ । उहाँले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गर्नुभयो । सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भन्नुभएको हिन्दी भाषाको उखान यस्तो छ – “अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस ।”

जनता समाजवादी पार्टीबाट राष्ट्रियसभामा सदस्य हुनुभएका अर्का सांसद शेखर कुमार सिंहले महन्थ ठाकुर  समुहमा हुनुहुन्छ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारी भने उपेन्द्र यादव समुहमा रहनुभएको छ । राष्ट्रियसभाको यो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमिला कुमारीले सरकारको विरोध गर्नुभएको थियो ।