२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले पनि जालसांजी गर्न थाले यादवको आरोप



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम  र जालझेल गर्न थालेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो “संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम  जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।”

जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताउनुभयो । सांसद यादव अहिले उपेन्द्र यादव समुहमा हुनुहुन्छ । उहाँले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गर्नुभयो । सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भन्नुभएको हिन्दी भाषाको उखान यस्तो छ – “अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस ।”

जनता समाजवादी पार्टीबाट राष्ट्रियसभामा सदस्य हुनुभएका अर्का सांसद शेखर कुमार सिंहले महन्थ ठाकुर  समुहमा हुनुहुन्छ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारी भने उपेन्द्र यादव समुहमा रहनुभएको छ । राष्ट्रियसभाको यो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमिला कुमारीले सरकारको विरोध गर्नुभएको थियो ।