१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)

सात  संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन् ।

भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका छन् । भेटपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्युन भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘७ वटै आयोगका अध्यक्षहरु महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम सातवटै आयोगका अध्यक्षहरु सँग सम्माननीय प्रधानमन्त्री समक्ष भेट गरी उहाँलाई हामीले शुभकामना, बधाई सँगसँगै जुन आयोगका समस्याहरु छन् । संवैधानिक आयोगको रुपमा समुदायका आयोगहरु जुन २०७२ सालको संविधानले दिएको तर अत्यन्त अधिकारबिहीन र स्रोत, साधनको अवस्था अत्यन्त न्युन भएको कारणले ति सबै समस्याहरु हामीले प्रधानमन्त्रीज्यु समक्ष राख्यौँ । हाम्रो कर्मचारीको दरबन्दीको कुरा छ । समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्री समक्ष राख्यौँ ।’

आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता गर्नुभएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो ।