२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुन्सेको शतकमा स्कटल्याण्डको सहज जित, नामिबिया १० विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा जर्ज मुन्सेको सानदार शतकमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

त्रिवि मैदानमा भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २२.१ ओभरमा शून्य विकेट गुमाउँदै जित हात पार्यो ।

स्कटल्याण्डको जितमा जर्जि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । यस्तै, कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रनको यागदानी दिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन जोडेको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्सले ५४ रन जोड्दा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । यस्तै, जान ग्रिनले २५ रन जोडे भने प्रिन्कि फ्रान्सले ११ रन बनाए ।

स्कटल्याण्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

सात टोली सहभागी विश्वकप लिग टूमा जितसँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नामिबिया भने ३२ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड आगामी जुनमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाई सकेको छ ।

मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म हुनेछ । सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्नेछन् ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग पुनः फागुन ९ मा खेल्नेछ ।