२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवरात्रीका लागि सजाउन थालियो पशुपति परिसर -फोटो फिचर



अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ ।

मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ ।

 

यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोदन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको कार्य जारी छ ।