४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन(भिडियोसहित)

‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन(भिडियोसहित)
अ+ अ-

काठमाडौं । सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक बिदा दिएकोप्रति बिरोध प्रदर्शन गरिएको छ ।

सरकारले ‘जनयुद्ध दिवस’ भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले बिरोध प्रदर्शन गरेका हुन् । काठमाडौं जिल्ला अदालत अगाडी भेला भएर दर्जनौँको संख्यामा उपस्थित नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्द्व पीडितले सरकारको निर्णयको बिरोध गरेका हुन् ।

उनीहरुले ‘जनयुद्ध दिवस’को नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । त्यस्तै फाुगन १ गते नेपाल र नेपालीको लागि कालो दिनको रुपमा रहेको उल्लेख गरेका छन् । बिरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारवादी सुशिल प्याकुरेलले जनयुद्ध दिवस भनि बिदा दिनु ज्यादती भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवसको बिदा दिँदापनि अन्य लोकतान्त्रिक भनिने पार्टीहरु नबोलेका भन्दै लोकतान्त्रिक पार्टीहरुको निरिहता दिवसको रुपमा मनाउनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कुनै पार्टीले हिंसा शुरु गरेको दिनलाई, अथवा क्रान्ति शुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन । जनयुद्धबाट के पायौँ ? सत्र हजार मानिस मरेका छन् । बहुदलिय संसदीय व्यवस्थाको बिरुद्धमा आएको हो । के के भनिएको थियो ? के भयो त अहिले ? जनयुद्ध शुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउनुपर्छ । जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिनुजस्तो ज्यादती केही हुँदैन ।’

मानवअधिकारवादी चरण प्रसाईंले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको बताउनु भयो । उहाँले हत्या, हिंसा गरेको दिनलाई दिवसको रुपमा मनाउनु नाजायज भएको भन्दै आफूहरुले त्यसको घोर बिरोध गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले गर्नु नहुने काम ग-यो । सरकार पीडितको पक्षमा, न्यायको पक्षमा, मानव अधिकारको पक्षमा हुनुपर्ने सरकार पीडकको पक्षमा भयो । जसले हिजो पीडा दिए । जसले हत्या, हिंसा गरे । हत्या, हिंसा गर्नेहरुका लागि उत्सवको रुपमा, दिवसको रुपमा बिदा दिने निर्णय सरकारले ग¥यो । गलत छ । नाजायज छ । हामी घोर बिरोध गर्छौं ।’

त्यस्तै अर्का मानवअधिकारवादी महामुनिश्वर आचार्यले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा स्वीकार्न नसकिने बताउनु भयो । उहाँले जनयुद्ध नभइ सशस्त्र हिंसात्मक बिद्रोह भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘वामपन्थीलाई आक्रमण भएको छैन त्यो बिद्रोहमा । केवल प्रजातन्त्रवादी माथि मात्र आक्रमण भएको छ । कदापी स्वीकार्न सकिन्न जनयुद्धको रुपमा । त्यो सशस्त्र हिंसात्मक बिद्रोह हो । मानवअधिकार आन्दोलनले त्यसलाई जनयुद्ध भनेको छैन ।’

द्न्द्वपीडित परिवारले आफूहरुले अझै न्याय नपाएको बताएका छन् । जनयुद्धको नाममा भएको युद्धमा अझैपनि हजारौँ बेपत्ता भएको भन्दै उनीहरुको खोजि सरकारले नगरेको बताएका छन् ।

एक सर्वसाधारणले भन्नुभयो – ‘आज जनयुद्ध दिवस भनेर जुन बिदा राख्यो । हाम्रो लागि यो कालो दिन हो । किनकी हाम्रा १७ हजार दाजुभाई मारिएका छन् । हजारौँ अहिलेपनि बेपत्ता छन् । हजारौँ घाइते छन् । खोई तिनीहरुको उपचार ? खोई हाम्रो बेपत्ता परिवार खोजिएको ? खोई हामीले न्याय पाएको ? काँग्रेस, एमाले, माओवादी सबै नेताहरु एकठाउँ छन् अहिले । कसले हामीलाई न्याय दियो ? लुटिएको सम्पती कसले हामीलाई फिर्ता दियो ? न्याय माग्न हामी कहाँ जाने ? न्याय दिने अपराधीहरु सरकारमा बस्ने, ज्यानमाराहरु सरकारमा बस्ने । तर पीडितहरुलाई न्याय कसले दिने ? कसले दिन्छ हामीलाई न्याय ?’

बिरोध प्रदर्शनका क्रममा द्वन्द्वपीडितलाई न्याय दे, बेपत्ता आन्दोलन जारी छ , अदालतको फैसला लागू गर, दण्डहिनताको अन्त्य गर, हुकुमी शासन बन्द गर, लुटिएको सम्पती फिर्ता गर, हत्यारालाई फाँसी दे लगायतका नाराबाजी समेत भएको थियो ।