११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

विदेशको कमाई स्वदेशमा लगानी गर्दा…

विदेशको कमाई स्वदेशमा लगानी गर्दा…
अ अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ ।

९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गर्नुभएको छ । उहाँले माछा, मासु, अण्डा, दूध र तरकारीको उत्पादनलाई आफूले स्थापना गरेको आफूले स्थापना गरेको ‘सिमलचौर एग्रो रिसोर्ट’मा खपत गर्ने लक्ष्यका साथ लगानी विस्तार गर्नुभएको छ ।

सबै युवाहरु विदेश बसेर नहुने जनाउँदै विदेशमा आर्जन गरेको कमाईले आफ्नै जन्मथलोमा आएर लगानी गरेको व्यवसायी केसीले बताउनुभयो । ४९ वर्षीय केसीले आफ्नो आम्दानीलाई सो रिसोर्टमा लगानी गर्नुभएको छ । पाँच रोपनी जग्गाबाट सुरु गर्नुभएको एग्रो रिसोर्ट अहिले ३० रोपनी जग्गामा फैलिएको उहाँको भनाइ छ ।

“जापानमा राम्रो कमाई थियो, तर आफू जन्मेको माटोमा केही गर्नुपर्दछ भन्ने सोचका साथ नेपाल आउँदासाथ सुरुमै पशुपालनमा लागे, कहिले काठमाडाँै बस्दै आए भने कहिले यही कृषि फार्ममा, पशुपालन राम्रै चलेको थियो, पछि पशुपालनलाई सामूहिक बनाउँदा समस्या आयो, पछि आफैँले मात्रै चलाउन थालेँ”, उहाँले भन्नुभयो, “तीन वर्षदेखि लगानी थप्दै फार्ममा कुखुरा, माछा, अण्डासहित तरकारीसमेत उत्पादन गर्दै आफ्नै रिसोर्टमा खपत गर्ने उद्देश्यले लागनी विस्तार गर्दै आए ।”

व्यवसायी केसीले पशु फार्मदेखि एग्रो रिसोर्टसम्म चार करोड लगानी गरिसक्नुभएको छ । उहाँले हालसम्म आर्जन भएको फार्मको रकमले थप लगानी गर्न नपुगेपछि अहिले रिसोर्टका लागि पुनः लगानी थपेर चार करोड बढी पु¥याएको बताउँदै आगमी पाँच वर्षपछि मात्रै नाफा कमाउने उद्देश्यले सङ्घर्ष गरिरहेको जानकारी दिनुभयो । उहाँले कृषि पर्यटनमा नेपालमा राम्रो सम्भावना देखिएको बताउँदै रिसोर्टसम्म पक्की सडक आएकाले आफ्नो रिसोर्ट चल्नेमा ढुक्क भएको जानकारी दिनुभयो ।

उहाँको सिमलचौर एग्रो रिसोर्टमा दूधका लागि गाई भैँसी, माछा, लोकल प्रजातिको कुखुरा, अण्डा र विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएको छ । रिसोर्टमा उत्पादन भएका कृषि उपजलाई रिसोर्टमै खपत गर्नेगरी एग्रो रिसोर्टको अवधारणा ल्याउनुभएको उहाँले राज्यले कृषकलाई फाइदा पुग्ने नीतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

“बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चल्दैन, आफ्नै उत्पादन र अग्र्यानिक खानाका परिकार यहाँको मुख्य आकर्षण हो, अब त मध्यपहाडी लोकमार्ग खहरेसम्म कालोपत्र भयो, तल्लो बाटोसमेत सुधार भइसक्यो, बजारबाट चार किलोमिटरमै आउन सकिन्छ हाम्रो रिसोर्टमा”, उहाँले भन्नुभयो, “नेपालमा सम्भावना नभएको हैन तर लगानी सुनिश्चितताको वातावरण छैन, जोखिम मोलेर लगानी गर्न आवश्यक छ, जापानमा गरेको दुःखले धैर्यता सिकाएको छ, आगमी चार पाँच वर्षपछि प्रतिफल आउला भन्नेमा छु, रिसोर्टमा अहिले पाहुनाहरु आउन थालेका छन् ।” अहिले बजार खस्केकाले दैनिक चार हजार अण्डा उत्पादन गर्दै आएकामा अहिले अण्डा उत्पादनलाई घटाएको बताउनुभयो ।

अहिले रिसोर्टमा एकै रातमा २५ जनासम्म बस्न मिल्ने गरी कोठा बनाइएको छ । यस्तै रेष्टुराँ, बार, तालिम हल र कटेज लगायतका थुप्रै पूर्वाधारहरु निर्माण भइसकेका छन् । परिवारसहित जापानमा व्यवसाय गर्नुभएका केसीलाई गाउँको मायाले फर्काएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै कृषि फार्म र रिसोर्ट सञ्चालनमा ल्याएकाले राजमार्गमा यात्रा गर्ने पर्यटकहरुसमेत यहाँ आउन सक्नेछन् ।

सानैदेखि गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच भए पनि लगानी अभावमा जापान पुग्नुभएका केसीलाई अहिले एग्रो रिसोर्टले भुलाएको छ । अहिले आफूले रिसोर्ट खोल्दा निकै आनन्द र सन्तुष्टि मिलेको बताउनुभयो ।

नौ वर्षपहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको पशुपालनलाई अहिले चार करोड बढी लागतमा एग्रो रिसोर्टमा रुपान्तरण गरेको उहाँको भनाइ छ ।

रिसोर्टमा मौलिक र अग्र्यानिक स्वाद लिन सकिने गरी कृषि उपभोग्य वस्तुहरु उत्पादन गर्दै आउनुभएको छ । उहाँले कृषिसँग जोडिएकाले पशुपालन, तरकारी खेती, दूध, माछा र लोकल कुखुरालगायतको उत्पादनसहित रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो ।

फार्ममा लोकल र लेयर्स जातका तीन हजार कुखुरा रहेका छन् भने दूधका लागि गाई, भैँसी तथा मासुका लागि बाख्रा, कुखुरा हाँस र माछा पाल्नुभएको छ । “कतिपय एग्रो रिसोर्टले बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चलाएको देखे, हामीले ८० प्रतिशत रिसोर्टमै उत्पादन गरिएको कृषि सामग्रीको परिकार बनाउँछौँ, २० प्रतिशत मात्रै उपभोग्य सामग्री बाहिरबाट ल्याउँछौँ, मौलिक र आफ्नै उत्पादन हाम्रो मुख्य आकर्षण हो”, उहाँले भन्नुभयो, “रिसोर्ट फैलिएको ३० रोपनी जग्गामध्ये १० रोपनी जग्गा भाडामा र अन्य आफ्नै जग्गामा छ ।”

अहिले रिसोर्टको प्रचार प्रसार नगरेको जनाउँदै रिसोर्टमा आउने पाहुनाले उपभोग गरेर बाँकी रहेको तरकारी र अण्डा बागलुङ बजारमा बिक्री गर्दै आएको बताउनुभयो । उहाँले रिसोर्टलाई औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको र कोरोनाको प्रभावले ढिलाइ भएको प्रतिक्रिया दिनुभयो ।

आफू पनि विदेशमा दुःख गरेर फर्किएको र धेरै युवाले गाउँघर छाडिरहेका बेला गाउँमा नै सम्भावना देखेर करोडौँ लगानी गरेको व्यवसायी केसीको भनाइ छ । विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फार्मसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको उहाँ बताउनुहुन्छ । घुमफिर, मौलिक खानपान र शान्त वातावरणमा रमाउन चाहनेलाई बागलुङ बजारदेखि नजिकको गन्तव्य रिसोर्ट बन्न सक्ने उहाँको भनाइ छ । रासस