२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको स्वास्थ्य उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता



अ+ अ-

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच सम्झौता भएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्नेरगराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो । 

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी/इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब, शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण) सेवा उपलब्ध गराउने छ । 

स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायत, न्युरो सर्जरी (बहिरङ/अन्तरङग), इएनटी (बहिरङ/अन्तरङ्ग), वर्न प्लास्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ्गा), सघन उपचार र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा तथा सामाजिक सेवा एकाइमार्फत औचित्य हेरी सहुलियतपूर्ण तबरले ट्रमा सेन्टरले उपलब्ध गराउने छ ।

ट्रमा सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नुरगराउनुपर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीको भुक्तानी ट्रमा सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसँग शोधभर्नाका लागि पेश गर्न सक्नेछ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नुपर्नेछ ।