२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलमा दुई पक्षबीच सहमति



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ ।

बिगत केहि दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिनुभयो । सहमति भएको विषयमा भाषा मिलाएर शनिवारको बैठकबाट सार्वजनिक गरिने पनि बताउनु भयो । 

जेठ २ गते गठन भएको कार्यदलले गएको  सोमवारदेखि छलफल शुरु गरेको थियो । भोलि बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाइ भोलि नै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।