२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस पार्टी कहाँबाट निर्देशित छ ?



अ+ अ-

नेपाली काँग्रेस पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न समिति गठन गरेको छ । पार्टी कार्यालयको विशाल भवन छोडेर भारतीय लगानीमा बनेको गौशालास्थित धर्मशालामा बसेर समितिका सदस्यहरूले पार्टीको विधि, विधान र पद्धतिमाथि प्रहार गर्दै पार्टीका इमानदार र बफादार कार्यकर्तालाई पाखा लगाउँदै अवैधानिक रूपले क्रियाशील सदस्यता दिने र नदिने निर्णय गरेका छन् । 

छानबिन समितिले वाग्मती प्रदेश हेर्न केन्द्रीय सदस्य प्रदीप पौडेल र श्याम घिमिरेलाई जिम्मा दिएको छ । उनीहरूले काठमाडौैं क्षेत्र नं २ वडा नं ३२ को हकमा जुन निर्णय गरेका छन् त्यसले उनीहरू कहाँबाट सञ्चालित छन? कस्का एजेन्ट हुन? भन्ने प्रश्न उब्जाएको छ । पार्टीको वडा इकाई, प्रदेश कमिटी, क्षेत्रीय कमिटी कुनैले पनि निर्णय नगरेको तथा प्रदेश र क्षेत्रीय सभापति स्वयंले हस्ताक्षर सम्म नगरेको फारमलाई वैधानिकता दिने निर्णय गरेका छन् । 

पौडेल र घिमिरे मोटा घाटा चिल्ला र सुकिला लुगा लगाउनेहरु र हातमा पैसाको विटो बोक्नेहरुको पक्षमा उभिएको देखिन्छ ।  उनीहरुसङ्ग कुरा गर्दा नेताको होइन दलालको झझल्को आउछ ।

विधी विधान केही चाहिदैन भन्नेहरुले ऐनामा आफ्नो अनुहार हेर्दा कालो पोतिएको देख्लान् की नदेख्लान ? मिडियामा नैतिकताको डम्फु बजाउने  प्रदिप पौडेलहरु वास्तवमै कति अनैतिक रहेछन् भन्ने प्रस्ट भएको छ । छानविन समिती संयोजकले यस्ता निर्णमाथी प्रश्न नगर्नु र कुनैपनि सदस्यले यस्ता गलत हर्कतको विरुद्द नोट अफ डिसेन्ट नलेख्नुले उनीहरु पनि मतियार भएका त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।

यो क्षेत्रमा राजनीति गर्नेहरू यही अनैतिकताको पक्षमा उभिएका छन् र गुट फिक्सिङ गर्दैछन । कर्म गर फलको आसा नगर भन्ने गीताको भनाइ छ । म जीत र हारको पक्षमा छैन । विधि, विधान र पद्धतिको पक्षमा उभिँदा आउने चुनौती स्वीकार्न  तयार छु । नेताको गुलामी गर्न होइन विचार दिन र नेतृत्व गर्न उभिएको हुँ म ।

-लेखक भट्ट नेपाली काँग्रेसको नेतृ हुनुहुन्छ ।